एजेन्सी- पोल्यान्डको सीमामा सयौँ आप्रवासीलाई अवरोध गरिएको छ ।
बेलारुससँगको पूर्वी सिमानामा जम्मा भएका सयौं आप्रवासीलाई पोल्यान्डले प्रवेशमा रोक लगाएको हो ।
बेलारुसले आप्रवासीलाई आफ्नो मुलुक प्रवेशमा बाध्य पारेको आरोप लगाउँदै पोल्यान्डले उनीहरुलाई सीमा मै रोकेको बीबीसीले जनाएको छ ।
बेलारूसको उक्त कदम आपराधिक भएको आरोप लगाउँदै पोल्यान्ड सरकारले सीमा क्षेत्रमा १२ हजार सेना परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया