पुनम पाण्डेको उजुरीमा पति सेम पक्राउ | Khabarhub Khabarhub

पुनम पाण्डेको उजुरीमा पति सेम पक्राउ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री पुनम पाण्डेले पति सेमविरुद्ध कुटपिटको उजुरी दर्ता गराएकी छन् । उनको उजुरी पछि बान्द्रा प्रहरीले पति सेम बम्बेलाई पक्राउ गरेको छ । अदालतले सेमलाई तीन दिनका लागि हिरासतमा राखेको छ ।

गत वर्ष पनि पुनमले पतिविरुद्ध छेडछाड, धम्की र कुटपिटको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यो उजुरी पछि गोवा प्रहरीले सेमलाई पक्राउ गरेर जमानतमा छोडेको थियो । तर पुनः एकपटक पुनमको एफआईआरमा रहेर सेमलाई बम्बईको प्रहरीले पक्राउ गरेको हो ।

सेमसँग विवाह गर्नु अघि पुनम दुई वर्षसम्म लिभ–इन–रिलेसनमा थिइन् । गत वर्षको सेप्टेम्बर १० मा उनले सेमसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाहको १२ दिनपछि तनाव सुरु भएको थियो ।

सेम बम्बेको जन्म संयुक्त अरब इमिरेट्सको दुबईमा भएको थियो । उनी एक विज्ञापन–फिल्म निर्माता हुन् । ३६ वर्षे सेमले अक्षय कुमार, रणवीर कपुर, दीपिका पादुकोण, ज्याकुलिन फर्नान्डिज, तमन्नाह भाटिया, अल्लू अर्जुनलगायतसँग विभिन्न प्रोजेक्टमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ३५ बजे

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन