राणा ‘निभ्न लागेका बत्ती’ हुन्, अब ‘वारपार’ गर्छौँ : बार अध्यक्ष श्रेष्ठ (भिडियोसहित) « Khabarhub

राणा ‘निभ्न लागेका बत्ती’ हुन्, अब ‘वारपार’ गर्छौँ : बार अध्यक्ष श्रेष्ठ (भिडियोसहित)


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरूद्ध जारी आन्दोलनलाई नेपाल बार एशोसिएनले आज पनि निरन्तरता दिएको छ ।बिहान १० बजेपछि बार परिषरमा अधिवक्ताहरुले कालोपट्टी बाँधेर जबराको फेरि पनि राजीनामा मागेका छन् ।

मंगलबारको कार्यक्रम शुरू भएलगत्तै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई निभ्न लागेको बत्तीको संज्ञा दिँदै अब वारपारको आन्दोलन हुने चेतावनी दिए ।

न्यायालय सुधारका लागि सम्मानजनक बहिर्गमन खोजेको भन्दै जबराले पेलेरै अघि बढ्ने संकेत देखाएको समाचार बाहिरिरहेका बेला बार अध्यक्ष श्रेष्ठले भने,’उहाँ निभ्न लागेको बत्ती जस्तो मात्रै हो,  उहाँ हट्न नै पर्छ’, उनले भने, ‘शान्तिपूर्णरूपमा भइरहेको हाम्रो आन्दोलनलाई अटेर गरिरहे कानून व्यवसायी मात्रै हैन सेवाग्राही, नागरिक समाज सबै आन्दोलनमा उत्रन्छन्, व्यवस्था परिवर्तनका लागि लड्दा हाम्रा साथीहरु मरेका छन्, घाइते भएका छन्, त्यो अवस्था नआओस् भनेर जबरा सचेत रहुन् । हामी यही चाहान्छौँ ।’

दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउनेबारे यसअघि सोमबार साँझ भएको छलफलमा   बारले प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा रहेका राजनीतिक दलहरूलाई न्यायपालिकाको वर्तमान अवस्थाबारे ज्ञापनपत्र बुझाउँदै उपयुक्त  निर्णय लिन दबाब दिने निर्णय गरेको थियो ।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत कात्तिक २५ देखि ३० गतेसम्म उपत्यकाका अदालतहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म बारका प्रतिनिधिलाई सुनुवाइमा सहभागी नहुन  बार बैठले आह्वान गरेको छ । यस्तै ती बहसमा नै सहभागी नभएर सुनुवाइ असफल बनाउन पनि अधिवक्ताहरूलाई अपील गरिएको छ ।

यस्तै कात्तिक २८, २९ र ३० गते उपत्यका बाहिरका बार इकाईहरुले हातमा कालोपट्टी बाँधी विरोध जनाउने, न्यायालयको वर्तमान अवस्थाबारे जनस्तरमा पनि जानकारी गारउनेसहितका ११ बुँदे निर्णय गरिएको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ११ : ०१ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी