प्रधानन्यायाधीश राणाले तोके सहमति विपरित सबै प्रकृतिका मुद्दाको पेसी « Khabarhub

प्रधानन्यायाधीश राणाले तोके सहमति विपरित सबै प्रकृतिका मुद्दाको पेसी


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असन्तुष्ट न्यायाधीशहरूसँग बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकको पेसी नतोक्ने ‘भद्र सहमति’ गरेका प्रधानन्यायायाधीश चोलेन्द्र शम्शेर जबराले उक्त सहमति तोडेका छन् ।

न्यायाधीशहरूसँगको वार्तामा बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दाको पेसी नतोक्ने बताएका जबराले  मंगलबार सबै खाले मुद्दाको पेसी तोकेका छन् । जबराले आफ्नो एकल इजलासमा पनि एउटा मुद्दाको  पेसी तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन् । जबराले पेसी तोके पनि अरू न्यायाधीशहरू इजलासमा बस्ने सम्भावना मंगलबार पनि कम छ ।

इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा न्यायिक वृत्त नै जबराको विपक्षमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ११ : ११ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक