प्रधानन्यायाधीश राणाले तोके सहमति विपरित सबै प्रकृतिका मुद्दाको पेसी « Khabarhub

प्रधानन्यायाधीश राणाले तोके सहमति विपरित सबै प्रकृतिका मुद्दाको पेसी


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असन्तुष्ट न्यायाधीशहरूसँग बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकको पेसी नतोक्ने ‘भद्र सहमति’ गरेका प्रधानन्यायायाधीश चोलेन्द्र शम्शेर जबराले उक्त सहमति तोडेका छन् ।

न्यायाधीशहरूसँगको वार्तामा बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दाको पेसी नतोक्ने बताएका जबराले  मंगलबार सबै खाले मुद्दाको पेसी तोकेका छन् । जबराले आफ्नो एकल इजलासमा पनि एउटा मुद्दाको  पेसी तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन् । जबराले पेसी तोके पनि अरू न्यायाधीशहरू इजलासमा बस्ने सम्भावना मंगलबार पनि कम छ ।

इजलास तोक्दा ‘अटोमेसन’ वा ‘गोलाप्रथा’ लागू गर्न अनिच्छा देखाएका जबराले न्याय निरूपण गर्दा ‘मोलहिज्जा’ गरेको, न्यायालय सुधारमा लाग्नको साटो सत्ता सञ्चालनमा समेत भागवण्डा खोजेर जेठानलाई नै मन्त्री बनाएको जस्ता आरोप लागेको छ । त्यसैको विरोधमा न्यायिक वृत्त नै जबराको विपक्षमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ११ : ११ बजे

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई