तालाबन्दीको चेतावनी दिँदै नेपाल बारलाई ज्ञापनपत्र « Khabarhub

तालाबन्दीको चेतावनी दिँदै नेपाल बारलाई ज्ञापनपत्र


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र राष्ट्रिय कानुन व्यावसायि अभियानले तालाबन्दीको चेतावनीसहित नेपाल बारलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा ३ दिने अल्टिमेटमसहित सबै समस्या समाधानको बाटो रोज्न आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘बहस रोक्ने र न्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्य बारले आन्दोलनका कार्यक्रममा समेटेको छ । त्यसलाई चाँडै फिर्ता लिइयोस् ।’

त्यस्तै बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नेगरि न्यायाधीशहरूले गरेको आन्दोलनमा बारले समर्थन गर्न नहुने माग गरिएको छ । प्रधान न्यायाधीशलाई राजीनामा दिन लगाएर वा दबाब दिएर मात्र सबै समस्या समाधान नहुने भन्दै उचित निकासको माग गर्दै ३ दिनको अल्टिमेटम दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै नेपाल बारका अध्यक्ष श्रेष्ठले न्यायालय सुधारको मुख्य उदेश्यमा कानुन व्यावसायि कसैको असहमति नरहेको बताए । उनले बारले अहिलेसम्म नउठाएको कदम उठाउनुपरेको बताए । स्वतन्त्र राष्ट्रिय कानुन व्यावसायि अभियानको मागबारे पुनर्विचार गर्न आग्रह गर्दै श्रेष्ठले भने, ‘बारले जनबिरोधी काम गरेको छैन । तपाईंहरूले सर्वोच्चमा खaरदारी गर्नुपर्नेमा बारलाई चेतावनी दिनु उल्टो भयो कि ?’

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १ : ४१ बजे

महाशिवरात्रि : पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने

युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै

किएभ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा

विगतका शासक दलकै असफलताले वर्तमान संकटमा : उपेन्द्र यादव

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी

झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा