नेप्सेमा ७९ दशमलव ७९ अंकको गिरावट « Khabarhub

नेप्सेमा ७९ दशमलव ७९ अंकको गिरावट


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर दुई हजार ७४९ दशमलब ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात हजार ७७ कित्ता सेयर खरिदबिक्री गर्दा छ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक छ । बैंकको मंगलबार २९ करोडभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । मंगलबार सबै समूहको सूचकमा एकदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ ।

सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस ऊर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीहरूको सेयर मूल्य म‌ंगलबाट सर्किट लेभलमा पुगेको छ ।

आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक नोक्सान व्यहोरेका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ३ : ४३ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा