राष्ट्रपति कार्यालयले थाल्यो तीन प्रदेश प्रमुखको नियुक्ति प्रक्रिया « Khabarhub

राष्ट्रपति कार्यालयले थाल्यो तीन प्रदेश प्रमुखको नियुक्ति प्रक्रिया


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालय प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया थालेको हो ।

तीन प्रदेश प्रमुखको नियुक्त प्रक्रिया थालेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए ।

‘तीनवटा प्रदेशका लागि प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालिएको छ’, उनले भने, ‘उहाँहरू सबै उपत्यकाभित्र हुनुहुन्छ कि बाहिर, यसलाई हेरेर नियुक्ति प्रक्रियाअघि बढ्छ ।’

सरकारको निर्णयबारे जानकारी आएपछि नियुक्ति प्रक्रिया थालिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : ०३ बजे

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

एजेन्सी– चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौं– काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र विभिन्न चुनावी

‘विपद्मा एपीएफ अस्पतालको भूमिका सराहनीय छ’

काठमाडौं– नेपाल एपीएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै