डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू « Khabarhub

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणका लागि सर्भे सुरू भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष पठाएको टोलीले अजयमेरू गाउँपालिका–१ पुइलेक विमानस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो। सोहीअनुसार मंगलबारदेखि सर्भे सुरु भएको हाे।

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच बाटो पनि छ। पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले बताए। प्राविधिक टोलीले सर्भेका लागि ड्रोन क्यामराको समेत प्रयोग गरेको छ। त्यहाँको भू–बनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका विषयलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको उनले बताए। ‘भौगलिक हिसाबले कठिन छ। सकेसम्म कम खर्चमा कसरी बनाउन सकिन्छ भनेर सर्भे गरिरहेका छौं । सकेसम्म इकोनोमिक डिजाइन बनाउँछौं। विस्तृत विवरण सर्भेपछि मात्रै थाहा हुन्छ,’ उनले भने।

२०७० सालदेखि नै डडेल्धुरामा विमानस्थल निर्माणका लागि विभिन्न स्थानलाई प्रस्ताव हुँदै आएकाे थियाे । अहिले पुइलेकमा सम्भाव्यता अध्ययन पश्चात सर्भे गराउन सकेको राजनीतिज्ञ डा. तारा जोशीको भनाइ छ। ‘विमानस्थल बनाउन थुप्रै स्टेपहरू छन्। सुरुमा अध्ययन भयो। त्यसपछि सम्भाव्यता अध्ययन भयो। अहिले हामी डीपीआर बनाउने प्रयासमा छौं। रिपोर्ट आएपछि इआइएको प्रक्रिया सुरू हुन्छ। हेरौं कति समय लाग्छ,’ उनले भने, ‘त्यसपछि हामी डेन्डर, बजेट बनाउने कुरामा अगाडि बढ्छौँ।’ विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त मिलेको क्षेत्रफल भएको तर जमिन भिरालो भएर पनि धावनमार्ग, पहाडले छेक्ने सम्भावनासमेत रहेको प्राविधिकहरूको भनाइ छ।

स्थानीय खुसी
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। यहाँका सात वटै पहाडी र दुई वटा तराईका जिल्लामा विमानस्थल छन्। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल छैन्।

डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आयस्तरमा समेत बढ्ने अमरगढी नगरपालिकाका नगरप्रमुख संगीता भण्डारीले बताइन्। उनले भनिन्, ‘यो ठाउँमा विमानस्थल बने मिनिमार्केटको रूपमा स्थापना हुन्छ। त्यसपछि यहाँका नागरिकले विभिन्न किसिमका व्यवसाय गर्न सक्छन् । र, आर्थिकरूपमा समेत सम्पन्न हुन्छन् ।’

डडेल्धुरामा विमानस्थल बने सुदूरपश्चिमका नौ जिल्लाका जनताले सुविधा पाउने स्थानीय धनबहादुर साउदले बताए। धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ४० बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०