चौदण्डीगढीमा जग्गाको लगत संकलनपछि नापजाँच सुरू « Khabarhub

चौदण्डीगढीमा जग्गाको लगत संकलनपछि नापजाँच सुरू


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उदयपुर– चौदण्डीगढी नगरपालिकाले जग्गाको लगत संकलनपछि नापजाँच सुरू गरेको छ । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास क्षेत्रमा जग्गाको लगत संकलनपछि नापजाँच थालेको हो ।

नगरपालिकाले वडा नम्वर ८ सिद्धिपुरबाट जग्गा नापजाँचको कार्य सुरू गरेको हो । जग्गा नापीमा प्रयोग गरिने मेसिन टोटल स्टेशन (टियस) को नगरप्रमुख खगेन्द्र राईले (स्विच अन) गरेर सो कार्यको सुरू गरेका हुन् । वडामा भूमिहिन दलितको संख्या २५ घर, भूमिहिन सुकुमबासी ५० घर र अव्यवस्थित बसोवासीहरू संख्या ६ सय ८५ घर भएको लगत संकलन इकाइका प्रमुख कुमार श्रेष्ठले बताए ।

असारभित्र नापी सकिनु पर्ने थियो तर कोरोना महामारीका कारण रोकिएको काम सुरू गरिएको प्रमुख श्रेष्ठले बताए । लामो समयदेखि ऐलानी, पर्ती जग्गामा बसोबास गरिरहेको सर्बसाधारणलाई अब आफ्नो जग्गाको मालिक बन्न अर्थात आफूले भोगचलन गर्दै आएको जग्गाको (स्वामित्व) ग्रहण गराउन लागेको नगर प्रमुख राईले बताए ।

यो अत्यन्तै जटिल कार्य भएकोले स्थानीय संघसंस्थालगायत सचेत नागरिक र विभिन्न दलसँग आबद्ध राजनीतिकर्मीहरूसँग हातेमालो र सहयोग गरिदिन अनुरोध समेत गरेका छन्। साझा कार्यको लागि सबै एक जुट भए मात्र वडा, नगर र राष्ट्र समृद्ध हुने नगर प्रमुख राईको भनाइ थियो । लगत संकलनको लागि नगरपालिकाले ३२ जना करार कर्मचारी नियुक्ति गरी सो कार्य सुरु भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ०० बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा