सुदूरपश्चिममा हुलाकी सडकको निमार्ण कार्य सुस्त « Khabarhub

सुदूरपश्चिममा हुलाकी सडकको निमार्ण कार्य सुस्त


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्ष अघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको भए पनि कामले गति भने लिन सकेको छैन् ।

कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हुँदै बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा मुस्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ ।

विसं २०७३ फागुनमा रु एक अर्ब २० करोड लागतमा तीन प्याकेजको हुलाकी सडक निर्माणको काम थालिए पनि अझै ३० किलोमिटर सडक निर्माण हुन बाँकी छ । पहिलो प्याकेजको डोकेबजार क्षेत्रमा दुई किलोमिटर, दोस्रो प्याकेजको पचुई क्षेत्रमा एक हजार ६०० मिटर तथा शुक्लाफाँटा निकुञ्ज र कलकत्ता क्षेत्रमा गरी ३० किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताइएको छ ।

तीस महिनामा काम सक्नेगरी तीन वटा निर्माण कम्पनीले निर्माण थाले पनि दुई पटक कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण निर्माण प्रभावित भएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पद्मबहादुर मडैले बताए ।

‘तीन वटै प्याकेजलाई आगामी चैत महिनासम्मको समयावधि दिइएको छ’, उनले भने, ‘विविध कारण आइलाग्दा निमार्णमा ढिलाइभयो ।’ यहाँको पुनःबास र बेलौरीदेखि बेल्डाँडीसम्मका स्थानीयवासीलाई प्रदेशको अस्थायी राजधानी धनगढी र सदरमुकाम महेन्द्रनगरसित आवागमन सहज हुने हुलाकी सडक भएको स्थानीयवासीको भनाइ छ । सो सडक निर्माणमा गति दिन पटक/पटक स्थानीयवासीले पनि दबाब दिँदै आएका छन् ।

त्यसैगरी कैलालीमा पनि सातवटा प्याकेजमा हुलाकी सडक निर्माणको काम भइरहेको छ । लम्की–टीकापुर खण्डको पहिलो प्याकेज बाहेक अन्यत्रको काममा भने ढिलासुस्ती देखिएको छ । लम्की–टीकापुर साढे २७ किलोमिटर सडक निर्माण तीन वटा प्याकेजमा विभाजन गरिएको छ ।

पहिलो आठ किलोमिटर सडकको ४० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । ‘तीन वटा प्योकजको लागत रु एक अर्ब दश करोड छ’, इञ्जिनीयर मडैले भने, ‘निर्माणसक्न तीस महिनाको समय दिइएको छ ।’

उक्त खण्डको दोस्रो र तेस्रो प्याकेजमा बीस प्रतिशत भौतिक प्रगती भएको उनको भनाइ छ । त्यसैगरी धनगढी–भजनी र सत्ती ३१ किलोमिटर सडक पनि तीन वटा प्याकेजमा ठेक्का गरेर काम अघि बढेको छ । उक्त तीन वटै प्याकेजको काम स्वच्छन्द–जोशी निर्माण सेवाले गरिरहेको मडैले जानकारी दिए । कैलालीको कान्द्रा नदीबाट सत्तीसम्म १३ किलोमिटर हुलाकी सडकको १५ प्रतिशत काम सकिएको इन्जिनियर मडैको भनाइ छ ।

उनले ककनीबाट कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक निमार्णको जिम्मा २०७३ फागुनमै दिएको भए पनि उक्त सडक निर्माणमा ढिलाइ भइरहेको बताए ।

‘त्यो खण्डमा करिब दुई किलोमिटर रुख कटानमा समस्या आउँदा केही समय रोकिए पनि अहिले सुचारु भइसकेको छ’, उनले भने, ‘मोहना पुलदेखि क्याम्पस रोडसम्मको साँढे ६ किलोमटर खण्डको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : २० बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा