जनगणनाका लागि अछाममा तीन सय गणक खटाइने « Khabarhub

जनगणनाका लागि अछाममा तीन सय गणक खटाइने


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– राष्ट्रिय जनगणनाका लागि अछाममा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला जनगणना कार्यालय अछामका अनुसार गणकलाई चार दिने तालिम दिइसकेको छ ।

जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय बारे तालिममा सिकाएको जिल्ला जनगणना कार्यालय अछामका जनगणना अधिकारी प्रकाश विष्टले बताए । जनगणनालाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्न अछामका १० स्थानीय तहलाई मध्ये पाँच स्थानीय तहमा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको उनले जानकारी दिए ।

जिल्लाको मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका हेर्ने गरी साँफेबगरमा अस्थायी कार्यालय स्थापना गरिएको छ । मंगलसैन नगरपालिका, रामारोशन गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिका हेर्ने गरी मंगलसैनमा अस्थायी कार्यालय संचालन गरिएको छ भने कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिका हेर्ने गरी विनायकमा कार्यालय स्थापना गरिएको जनगणना अधिकारी विष्टले बताए ।

तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकालाई हेर्ने गरी तुर्माखाँदमा कार्यालय स्थापना गरिएको छ । जनगणना अधिकारी प्रकाश विष्टले २५ कात्तिकदेखि ९ म‌ंसिरसम्म हुने जनगणनाका लागि अछाममा तीन सय एक गणक खटाउने तयारी भएको बताए ।

गणकहरूले जिल्लाका ५० हजार घरपरिवारबाट विवरण संकलन गर्नेछन् । पहिलो चरणमा घरधुरी सङ्ख्या, महिला पुरुष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे सामान्य विवरण सङ्कलन गर्ने र घर नम्बर राख्ने काम पूरा भएको उनले बताए । गणकहरूले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा अब प्रश्न सोध्ने र विवरण राख्ने गर्छन ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ४० बजे

बागमती मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल

मकवानपुर– बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको

सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ?

काठमाडौं- बालेन्द्र शाह नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस

काठमाडौं– ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा,

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता