डडेलधुरा एमालेमा चर्कियो असन्तुष्टि « Khabarhub

डडेलधुरा एमालेमा चर्कियो असन्तुष्टि


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेलधुरा नेकपा एमालेमा असन्तुष्टि चर्किएको छ। सुदूरपश्चिममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिविपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा एमालेकी तत्कालीन अध्यक्ष डा. तारा जोशी नै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न लागेका हुन् ।

उनलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले भोलि बुधबार जिल्लामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराउँदै छन् । ओलीले अध्यक्षको रूपमा प्रकाश साउँदलाई जिम्मेवारी दिएपछि एमाले डडेलधुरामा विवाद चर्किएको हो । ती नै साउँदले गाउँ तथा नगर अधिवेशनमा जोशी समूहलाई जानकारी नै नगराई एक्लौटी रूपमा नेतृत्व चयन गरेका थिए।

एमाले अध्यक्ष जोशी रहेको र १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने जोशी समूहका नेता कार्यकर्ताले चेतावनी समेत दिएका थिए।

नेकपा फुटेर एमाले बनेपछि केही साथीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टीको गठन गरेपनि केही साथीले तत्कालीन अवस्थामा यथास्थितिमा रहने निर्णय गरेको डा. जोशीले बताए ।

‘माथिबाटै एमालेको एकता कायम गर्नका लागि विभिन्न प्रयास भए । १० बुँदे सहमतिदेखि लिएर अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि हुँदैन भनेर हेरिरहेका थियौं,’ डा. जोशीले भने, ‘तर, कार्यान्वयन भएन् । र, हामी समाजवादीमा प्रवेश गर्दैछौँ ।’

डा. जोशीको जिल्लामा पकड राम्रो रहेको बताइन्छ । उनीसँगै अधिकांश नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने तयारी छ । डा. जोशीसँगै नेतृ सकुन्तला नगरकोटी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्ट, अमरगढी नगरप्रमुख संगीता भण्डारी समाजवादीमा प्रवेश गर्दैछन् ।

कार्यकर्ता भेटघाट र कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष नेपाल भोलि (बुधबार) डडेलधुरा आउने लागेको एकीकृत समाजवादी डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताए। उनकाअनुसार नेपालसँगै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले पनि डडेलधुरा आउन लागेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ०० बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०