मैथिली भाषा राष्ट्रकै गहना हो : गृहमन्त्री खाँण « Khabarhub

मैथिली भाषा राष्ट्रकै गहना हो : गृहमन्त्री खाँण


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गृहमन्त्री बालकृष्ण खाँणले मैथिली भाषा मधेशका मात्र नभई राष्ट्रकै गहनाको रुपमा रहेको बताएका छन् ।

मैथिली विकास कोषले मंगलवार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेकाले यो मैथिली भाषाका लागि मात्र नभई राष्ट्रकै लागि गहना रहेको बताए ।

‘पहिला एउटै भाषा एउटै भेष भन्ने चलन थियो,’ गृहमन्त्री खाँणले भने, ‘संघीयतापश्चात अब एउटै भाषा, एउटै भेष रहन सक्दैन । सबै भाषा, सबै भेष र विविध संस्कृतिले भपरिपूर्ण छन् ।’

विगतमा बहुभाषिक विकासको लागि विभिन्न निर्णयहरू भएको बताउँदै मन्त्री खाँणले अब मैथिली भाषाको विकासका लागि पनि ठोस कदम चाल्ने बताए ।

यसैबीच कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले भारतबाट मालसमान आपुर्ति गर्दा झुठो मुद्दा लगाउने गरेको भन्दै मन्त्री खाँणलाई ज्ञापनपत्र समेत बुझाएका थिए । मन्त्री खाँणले कुनै पनि व्यवसायीको व्यवसायीक स्वतन्त्रता हनन् हुने काम नगर्न प्रहरीलाई निर्देशन समेत दिए ।

उद्योगी व्यवसायीहरूलाई बुझेर त्यसमा सहजता प्रदान गरिदिन प्रदेशका प्रहरी प्रमुखसहित स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा समपन्न कार्यक्रममा मन्त्री खाँणलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ५ : ४० बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ