मैथिली भाषा राष्ट्रकै गहना हो : गृहमन्त्री खाँण « Khabarhub

मैथिली भाषा राष्ट्रकै गहना हो : गृहमन्त्री खाँण


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गृहमन्त्री बालकृष्ण खाँणले मैथिली भाषा मधेशका मात्र नभई राष्ट्रकै गहनाको रुपमा रहेको बताएका छन् ।

मैथिली विकास कोषले मंगलवार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेकाले यो मैथिली भाषाका लागि मात्र नभई राष्ट्रकै लागि गहना रहेको बताए ।

‘पहिला एउटै भाषा एउटै भेष भन्ने चलन थियो,’ गृहमन्त्री खाँणले भने, ‘संघीयतापश्चात अब एउटै भाषा, एउटै भेष रहन सक्दैन । सबै भाषा, सबै भेष र विविध संस्कृतिले भपरिपूर्ण छन् ।’

विगतमा बहुभाषिक विकासको लागि विभिन्न निर्णयहरू भएको बताउँदै मन्त्री खाँणले अब मैथिली भाषाको विकासका लागि पनि ठोस कदम चाल्ने बताए ।

यसैबीच कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले भारतबाट मालसमान आपुर्ति गर्दा झुठो मुद्दा लगाउने गरेको भन्दै मन्त्री खाँणलाई ज्ञापनपत्र समेत बुझाएका थिए । मन्त्री खाँणले कुनै पनि व्यवसायीको व्यवसायीक स्वतन्त्रता हनन् हुने काम नगर्न प्रहरीलाई निर्देशन समेत दिए ।

उद्योगी व्यवसायीहरूलाई बुझेर त्यसमा सहजता प्रदान गरिदिन प्रदेशका प्रहरी प्रमुखसहित स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा समपन्न कार्यक्रममा मन्त्री खाँणलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ५ : ४० बजे

युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै

किएभ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा

विगतका शासक दलकै असफलताले वर्तमान संकटमा : उपेन्द्र यादव

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी

झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा

१४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख मतपत्र छपाइ

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि