जमानतपछि आफैंमा हराइरहेका छन् आर्यन खान « Khabarhub

जमानतपछि आफैंमा हराइरहेका छन् आर्यन खान


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)–हाई प्रोफाइल क्रुज ड्रग्स पार्टीमा अभिनेता शाहरुख खानका छोरा आर्यन खानले जमानत पाइसकेका छन् । तर लागुऔषध मामलामा उनलाई सोधपुछ भने जारी छ । आर्यन जेलबाट रिहा भए पनि उनले जेल अनुभव बिर्सन सकेका छैनन् ।

शाहरुख र उनको परिवारलाई आर्यनको पीडामा मल्हम लगाउन केही समय लाग्ने देखिएको छ । शाहरुखका नजिकका एक साथीका अनुसार आर्यन हालका दिनमा ठूलो पीडामा छन् ।

‘जुन दिन आर्यन जेलबाट रिहा भए, त्यही दिनदेखि उनी कोहीसँगै धेरै बोलेका छैनन् । उनी आफूमा हराइरहेका छन् । उनी अधिकांश समय आफ्नै कोठामा बस्छन् । उनी आफ्नो साथीभाईसँग भेटघाटमा पनि चासो देखाएका छैनन् । उनी पहिला शान्त नै थिए, अहिले अझ बढी शान्त भएका छन् । जसै जसै उनको जमानतमा ढिलाई भइरहेको थियो, उनी आफैंमा बढी शान्त हुँदै गए । उनको परिवार पनि आर्यनलाई यो पीडाबाट बाहिर आउन बढी नै समय दिइरहेका छन्’, ती साथीले भनेका छन् ।

आर्यनको सुरक्षाका लागि शाहरुखले छुट्टै बडीगार्ड राख्ने समाचार बाहिर आइरहँदा ती साथीले यो समाचारको खण्डन गरेका छन् । ‘शाहरुख छोरासँगै २४ घण्टै सँगै रहन चाहन्छन् । त्यहीकारण उनले आफ्नो सबै सुटिङ सारेका छन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ०२ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली