जमानतपछि आफैंमा हराइरहेका छन् आर्यन खान « Khabarhub

जमानतपछि आफैंमा हराइरहेका छन् आर्यन खान


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)–हाई प्रोफाइल क्रुज ड्रग्स पार्टीमा अभिनेता शाहरुख खानका छोरा आर्यन खानले जमानत पाइसकेका छन् । तर लागुऔषध मामलामा उनलाई सोधपुछ भने जारी छ । आर्यन जेलबाट रिहा भए पनि उनले जेल अनुभव बिर्सन सकेका छैनन् ।

शाहरुख र उनको परिवारलाई आर्यनको पीडामा मल्हम लगाउन केही समय लाग्ने देखिएको छ । शाहरुखका नजिकका एक साथीका अनुसार आर्यन हालका दिनमा ठूलो पीडामा छन् ।

‘जुन दिन आर्यन जेलबाट रिहा भए, त्यही दिनदेखि उनी कोहीसँगै धेरै बोलेका छैनन् । उनी आफूमा हराइरहेका छन् । उनी अधिकांश समय आफ्नै कोठामा बस्छन् । उनी आफ्नो साथीभाईसँग भेटघाटमा पनि चासो देखाएका छैनन् । उनी पहिला शान्त नै थिए, अहिले अझ बढी शान्त भएका छन् । जसै जसै उनको जमानतमा ढिलाई भइरहेको थियो, उनी आफैंमा बढी शान्त हुँदै गए । उनको परिवार पनि आर्यनलाई यो पीडाबाट बाहिर आउन बढी नै समय दिइरहेका छन्’, ती साथीले भनेका छन् ।

आर्यनको सुरक्षाका लागि शाहरुखले छुट्टै बडीगार्ड राख्ने समाचार बाहिर आइरहँदा ती साथीले यो समाचारको खण्डन गरेका छन् । ‘शाहरुख छोरासँगै २४ घण्टै सँगै रहन चाहन्छन् । त्यहीकारण उनले आफ्नो सबै सुटिङ सारेका छन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ०२ बजे

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त