तिहारमा बरामद गरिएको सात लाख बराबरको पटाका नष्ट « Khabarhub

तिहारमा बरामद गरिएको सात लाख बराबरको पटाका नष्ट


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– तिहारका बेला प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट बरामद गरेको सात लाख रुपैयाँ बराबरको पटाका मंगलबार नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरीले स्थानीयवासी तथा पत्रकारको रोहबरमा पटका नष्ट गरेको हो ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार बुटवल उपमहानगरपालिका–४ अमरपथ, वडा नम्बर ८ सुख्खानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह, सिद्धार्थनगर–२ झण्डीबजार, वडा नम्बर १२ कालिकापथ, वडा नम्बर ३ खजहना, सम्मरीमाई गाउँपालिका–३ गुलरिया र मर्चवारी गाउँपालिका–२ अमुवा बजारबाट अवैध पटाका बरामद गरिएको थियो ।

त्यस्तै मर्चवारी गाउँपालिका–७ स्थित पैसियाघाटबाट युपी ५३ सीएच ८४४५ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरिएको १ लाख २० हजार मूल्य बराबरको २५० पिस झिलिमिली बत्ती बरामद गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देही प्रहरीले हराएको मोबाइल सेट फेला पारी मंगलबार सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ । हराएको मोबाइलहरूको आइएमईआई नम्बरको आधारमा अनुसन्धान गरी विभिन्न व्यक्तिहरूले सिमकार्ड राखेर प्रयोग गरिरहेको अवस्थामा १७ थान फेला पारिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

कार्यालयमा सम्बन्धित मोबाइलधनीले दिएको निवेदनको आधारमा खोजतलास गर्दा हराएको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ०९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक