निद्रा नलागेमा के गर्ने ? « Khabarhub

निद्रा नलागेमा के गर्ने ?


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्नु, आँखा पोल्नु आँखा रातो हुनु, जीउ आलस्य र भारी हुनु यस रोगका लक्षण हुन् । यदि यस्तो भएमा घरेलु रूपमा नै निम्नानुसारको ध्यान पुर्‍याउनु जरुरी हुन्छ-

खान र गर्न नहुने कुराहरू :

अनिद्राका रोगीहरूले जाँडरक्सी, चुरोटजस्ता नशा लाग्ने चीजहरूको प्रयोग गर्छन् । यस्ता लागु पदार्थले निद्रा क्षणिक रूपमा लागे पनि खान छोडेपछि झनै समस्या उत्पन्न हुने हुँदा त्यस्ता लागूपदार्थको सेवन नगर्ने, निद्रा लाग्ने औषधि नखाने, सुत्नुअघि चिया, कफी, अमिलो, पिरो, मसलादार खाद्य पदार्थ नखाने ।

खान र गर्न हुने कुराहरू :

जीउ मालिस गरेर सुत्ने, सुत्ने बेलामा तातो दूध पिएर सुत्ने, उसिनेको सादा खाना मात्र खाने, रसिला फलफूलहरूको प्रयोग गर्ने, दूध पिउँदा त्यसमा थोरै जाइफल राखेर पिउने, नियमित योगासन, प्राणायाम, ध्यानजस्ता यौगिक क्रियाहरू गर्ने, जीउ घर्षण गर्ने, वाष्प स्नान गर्ने, मनलाई शान्त पार्ने, सुत्ने बेलामा अनेकौँ समस्याहरूलाई नसम्झी सुत्नाले निद्रा लाग्छ ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ७ : २५ बजे

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व