यी हुन् श्रीमतीलाई भन्न नहुने ५ कुरा   « Khabarhub

यी हुन् श्रीमतीलाई भन्न नहुने ५ कुरा  


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

श्रीमान् श्रीमतीबिचको सम्बन्ध केवल एक सम्बन्ध मात्र नभएर एक विश्वास पनि हो । यस्तोमा श्रीमान् श्रीमतीबिच हरेक कुराको साटासाट हुन आवश्यक छ । तर कतिपय यस्ता कुराहरू छन् जो आफ्नो श्रीमतीलाई पनि भन्नु हुँदैन ।

यस्ता कुरा श्रीमतीलाई शेयर गर्दा थप जटिलता आउन सक्छ । त्यसैले यी कुरा श्रीमतीलाई नभनेकै राम्रो हुन्छ । यी कुरा लुकाउँदा वा नभन्दा दाम्पत्य सम्बन्ध बिग्रँदैन न त पारिवारिक जीवन नै धरापमा पर्छ । त्यसैले केही कुरामा गोपनीयता अपनाएको राम्रो हुन्छ ।

यी हुन् श्रीमतीलाई भन्न नहुने ५ कुरा :

– श्रीमतीलाई तुलना

श्रीमानले आफूलाई सबैभन्दा बढी माया गरुन् र विशेष मानुन् भन्ने हरेक श्रीमतीको चाहाना हुन्छ । यस्तोमा ख्याल ठट्टामा होस् वा गहन छलफलका बिच आफ्नी श्रीमतीलाई अरूसँग तुलना गरेर कुनै कुरा भन्नु हुँदैन । उनीहरू आफ्नालागि विशेष छन् भन्ने महसुस गराउनु पर्दछ ।

– परिवारका सदस्यबिचको नकारात्मक कुरा

एउटा घरपरिवार चलाउन वा एकताबद्ध बनाउन सुझबुझको आवश्यकता पर्दछ । यस्तोमा परिवारका सदस्यबिच हुने सानातिना खटपट वा एक अर्काले भनेको नकारात्मक कुराको ओहोरदोहोर गराउनु हुँदैन । त्यसैले कहिल्यै श्रीमतीसँग आफ्नै परिवारका सदस्यको कुरा काट्नु हुँदैन । बरु सबै मनमुटावको सम्बन्ध पनि मिठासमा बदल्न प्रयास गर्नु पर्दछ ।

– कसैको चरित्र हत्या हुने कुरा

कुनै पनि श्रीमानले आफ्नी श्रीमतीसङ कसैको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु शोभनमय हुँदैन । यस्तोमा कसैको चरित्र हत्या हुने कुरा श्रीमतीलाई सुनाएर उ प्रति गलत धारणा बनाउन प्रेरित गर्नु हुँदैन ।

– श्रीमतीका आफन्तको कुरा

हरेक व्यक्ति आफ्ना बाबुआमा अधिक प्रेम गर्छन् । त्यसैले आफ्नी श्रीमतीका परिवार वा आफन्तको नकारात्मक कुरा वा माइती पक्षको गलत कुरा गरिरहनु हुँदैन । ससुरालीलाई आफ्नै परिवार झैँ सम्मान दिन सक्नु पर्दछ । कुनै कुरा चित्त नबुझेको भए पनि यसमा सुझबुझका साथमा श्रीमती नभनी नहुने अवस्थामा मात्र भन्न सकिन्छ । तर सकेसम्म यस्ता कुरा श्रीमतीलाई नभनेकै राम्रो हुन्छ ।

– अपमानको कुरा

यदि कतै कोही व्यक्ति वा घटनाक्रमबाट अपमान भइएको छ भने यो कुरा श्रीमतीलाई नभन्दा उचित हुन्छ । महिलाहरू भावुक हुने भएकाले अपमानको कुराले उनीहरूलाई आघात पुराउँछ । त्यसैले यस्ता कुरा श्रीमती भन्नु भन्दा एक्लै सामना गर्ने प्रयास गर्नुपर्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ६ : ४४ बजे

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले