बिहीबार देवताका गुरु बृहस्पतिको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

बिहीबार देवताका गुरु बृहस्पतिको पूजा गर्नुहोस्


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

त्यसाे त राशिचक्र अनुसार धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका दाता समेत मानिन्छ । त्यसैले बिहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ५ : ४५ बजे

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब