भारतीय रक्षामन्त्रीले हेलीकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने « Khabarhub

भारतीय रक्षामन्त्रीले हेलीकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज भारतीय रक्षा प्रमुख सवार हेलीकप्टर दुर्घटनाबारे संसदमा जानकारी दिने भएका छन् ।

भारतीय रक्षा प्रमुख विपिन रावतसहित १३ जना सवार हेलीकप्टर दुर्घटनामा परी निधन भएपछि रक्षामन्त्रीले संसदलाई जानकारी दिन लागेका हुन् ।

सेनाध्यक्ष रावतको शब आज साँझसम्म दिल्ली ल्याउने तयारी रहेको भारतीय संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनको अन्तिम शंस्कार भोलि गरिने जनाइएको छ । सेनाध्यक्ष रावतसहित १३ जनाको भएको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, सेनाका अधिकारी तथा पूर्व अधिकारीहरुले समेत दुख व्यक्त गरेका छन् ।

साथै रावतको निधनमा भारतको उत्तराखण्डमा राजकिय शोकको घोषणा गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ७ : २८ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित