बायर्नसँग पराजित हुँदै बार्सिलोना १७ वर्षपछि समूह चरणबाटै बाहिरियो « Khabarhub

बायर्नसँग पराजित हुँदै बार्सिलोना १७ वर्षपछि समूह चरणबाटै बाहिरियो


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । सन् २००३-०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो ।

यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्को खराब स्थिति हो । बुधबार राति बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३-० ले पराजित भएको हो ।

समूह ‘इ’कै अर्को खेलमा बेन्फिकाले ड्यनामो केईभलाई २-० अन्तरले पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेजको बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन बाध्य भयो ।

बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे । ३४औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४३औँ मिनेटमा सानेले गोल गर्दै अग्रता दोहोरो बनाए । ६२औँ मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३-० अन्तरको जित दिलाए ।

समुहको अर्को खेलमा बेन्फिकाले ड्यनामोलाई २-० अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टो जुनियरले गोल गरे ।

जितसँगै बायर्नले ६ खेलबाट अपराजित रहँदै १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । बेन्फिका ८ अंक बनाउँदै दोस्रो स्थानमा रहँदै उपविजेता भयो । ७ अंक भएको बार्सिलोना र १ अंकको ड्यनामो भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ७ : ३९ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने प्रक्रिया अघि बढाइने

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत