हेफर ईन्टरनेशनलद्वारा ४७ ढुवानी साधन सहकारीलाई हस्तान्तरण « Khabarhub

हेफर ईन्टरनेशनलद्वारा ४७ ढुवानी साधन सहकारीलाई हस्तान्तरण


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हेफर ईन्टरनेशनल नेपालले थप ४७  वटा कृषि ढुवानीको साधन कृषि सहकारीलाई प्रदान गरेको छ । २२- २४ लाखको  मूल्य रहेका ती साधनमा सहकारी र हेफरले आधा-आधा लगानी गरेका हुन् । यसअघि पहिलो चरणमा २८ वटा साधन हस्तान्तरण गरिएको थियो ।

ढुवानीका साधन पाउने सहकारीहरूमा प्रदेश १ बाट ४ वटा (झापा-१, मोरङ-३), प्रदेश २ बाट २ वटा (सर्लाही-१, महोत्तरी-१), प्रदेश ३ बाट ९ वटा (चितवन-३, धादिङ- ३ , सिन्धुली- १, नुवाकोट-२), प्रदेश ४ बाट ९ वटा (बागलुङ- २, नवलपरासी-२, कास्की-२ , लमजुङ-१, तनहुँ-१, पर्वत-१) रहेका छन् । यसैगरी प्रदेश ५ बाट २० वटा (दाङ-१, पाल्पा-७, प्युठान-१, बर्दिया- ३ , बाँके- ५, गुल्मी-२, कपिलवस्तु-१), प्रदेश ६ बाट ३ वटा (सल्यान-१, सुर्खेत- २) छन् ।

किसानले उत्पादन गरेका पशु वस्तु तथा अन्य कृषि उपजको ढुवानीमार्फत ४७ सहकारीमा आबद्ध ४५ हजार किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । यसबाट  करिब  ८२ करोड बराबरको कृषि उपजको बजारीकरण गर्ने लक्ष्य राखिएको छ ।

ढुवानीको साधन वितरण कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले यस प्रकारको सहयोगले महिला सहकारीलाई लाभान्वित गराउने र समृद्धिको पथप्रदर्शक बनाउने बताए । ढुवानी भाडाले कृषकलाई अत्यन्तै मारमा पारेको र यस प्रकारको सहयोगले महिलाहरूको सहकारीलाई आर्थिक लाभ दिने र कृषकहरुलाई सुविधा हुने बताए ।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णधोज खड्काले अर्थ व्यवस्था र सहकारी मन्त्रालय-नेपालमा धेरै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले काम गरेको भए पनि हेफरको २४ वर्षको नेपालको अनुभव समुदाय केन्द्रित रहेको बताए ।

हेफर इन्टरनेसनलका मानव संसाधन प्रमुख एलिया माकरले महिला सहकारीहरूको अवलोकन गरेर सहकारीको भूमिका महिलाहरूको वृद्धि बिकासमा धेरै महत्त्वपूर्ण भएको दाबी गरे।

हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्र नाथ लोहनीका अनुसार एक पटक सहयोग बाँडेर दिगो विकास हुँदैन । ‘विशेष गरी सीमान्तकृत जनतामा भएको मनस्थिति म सक्दिन, मसँग स्रोत साधन, शिक्षा, अर्थ, सिप छैन भन्ने छ त्यस सोचाईलाई परिवर्तन गर्न र म सक्छु भन्ने मानसिकता विकास गर्न आवश्यक क्षमता र स्रोत साधनहरु उपलब्ध गराउन बढी महत्त्वपूर्ण हुन्छ ।’ उनले भने ।

४७ महिला सहकारी उपस्थित भएको सो कार्यक्रममा महिलाहरूको प्रतिनिधित्व गर्दै सुर्खेतकी टिका अधिकारीले समुदायमा भएका कृषिमा आधारित उद्धमलाई यस प्रकारको सहयोगले ऊर्जा दिने र स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, कृषि विकास निर्देशनालयका सह निर्देशक लोकनाथ पौडेल, नेकपा एमालेका सचेतक सरस्वती गौतम, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्री लगायतले आ -आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १० : ४० बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ