रत्नपार्कमा सबै धर्मावलम्बीलाई स्वीकार हुने धार्मिक संरचना निर्माणको माग « Khabarhub

रत्नपार्कमा सबै धर्मावलम्बीलाई स्वीकार हुने धार्मिक संरचना निर्माणको माग


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलको रत्नपार्कमा सबै धर्मावलम्बीलाई मान्य हुने धार्मिक संरचना निर्माणको माग गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा निर्माणाधीन सपिङ सेन्टर तथा चिल्ड्रेन पार्क नजिकैको सार्वजनिक जग्गामा हिन्दु धर्मलाई मात्र लक्ष्यित गर्दै मन्दिर बनाउन लागिएको भन्दै जनजाति महासंघले सबै धर्मावलम्बीलाई स्वीकार हुने संरचना निर्माणको माग गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै जनजाती महासंघले सबै धर्मावलम्बीलाई मान्य हुने विकल्प खोज्न आग्रह गरेको छ ।

आफ्नो मागलाई बेवास्ता गरे आन्दोलनका कार्यक्रम सार्वजनिक गरी पूर्णरुपमा संघर्षमा उत्रने आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका सचिव उदिम चाम्लिङले चेतावनी दिए ।

आदिवासी जनजाति प्रमाणीकरण गर्ने अधिकारमा दावी

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले आदिवासी जानजाति प्रमाणीकरणको अधिकार आफूले पाउनुपर्ने माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाललाई ज्ञापनपत्र बुझाउँदै महासंघले नेपाल सरकार २५ माघ २०५८ को राजपत्र भाग–२ मा प्रकाशित र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लेखित भए बमोजिम आदिवासी जनजातीका लागि सिफारीस दिने वा प्रमाणित गर्ने अधिकार आफूले पाउनुपर्ने दाबी गरेको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १२ : १५ बजे

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज