आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख  कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२६ अप्रिल ८ तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गरेको छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ।

वृष : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। दाजुभाइसँगको सहकार्य भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। स्वदेशमा व्यापारको विकल्प देखेर मन खुशी बन्नेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ।

कर्कट : दिन सामान्य छ। लगानीका क्षेत्र सबल भए पनि विरोधी सक्रिय भएकाले व्यावहार गर्दा सचेत बन्नुपर्नेछ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको साथ लिएर अगाडि बढेको खण्डमा दिन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। आम्दानी हुनेछ। राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा नाफा हुनेछ ।

कन्या : ठुला व्यक्तिको आर्शिवाद लिएर कामको सुरुवात गर्नुपर्नेछ। शिक्षाका क्षेत्रमा गरेको अध्ययनले खुशी मिल्नेछ। परिवारमा घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। 

तुला : दिन राम्रो छ। कामको बोझ बढ्दै जानेछन्। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। मन शान्त बन्नेछ। कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक : मन प्रशन्न बन्नेछ। योजना सफल बन्नेछन्। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। समाजमा इज्जत बढ्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग घुम्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा होला ।

मकर : दिन सामान्य छ। तपाईंले गरेको कामको जस अरुले नै लिने जोखिम छ। मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा योजना अगाडि नबढाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर अगाडि बढेमा सफलता मिल्नेछ। बोल्दा नम्र बन्नुपर्नेछ।

मीन : मन अशान्त बन्ने जोखिम छ। आफन्तले तपाईंले गरेको काममा टिप्पणी गर्नेछन्। राजनीतिक क्षेत्रमा घेराबन्दीमा पर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : २९ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि