ओमिक्रोन फैलिन नदिन कैलालीमा फेरि कडाइ « Khabarhub

ओमिक्रोन फैलिन नदिन कैलालीमा फेरि कडाइ


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै कैलालीमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले विभिन्न चार वटा आचारसंहिता जारी गर्दै कडाइ गर्न थालेको हो ।

डीसीएमसीको बिहीबार सम्पन्न बैठकले भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।

प्रशासनले धार्मिक, साँस्कृतिक महत्वका स्थानमा नित्य पूजापाठ, आराधना बाहेक भेला र उत्सव गर्दा भिड नगर्न आग्रह गरेको छ । अतिआवश्यक काम गर्नुपर्ने भएमा जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ ।

साथै, रोगबाट बच्न तथा जोखिम न्यूनिकरण गर्न सबैलाई खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ । प्रशासनले त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाइ गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  २ : १० बजे

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज