संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा « Khabarhub

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ ।

एक विज्ञप्तिमा सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत स्थिरता मिसनप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् ।उनीहरुले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बन्दियागारा, मध्य मालीमा भएको विस्फोटमा सात जना टोगोका नागरिक र  मालीका एक ठेकेदारको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका मिसनले बुधबार आफ्नो ट्वीटर खातामा घोषणा गरेको छ ।

संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गत महिना उत्तरी मालीमा भएको आक्रमणमा घाइते भएका इजिप्टका शान्ति सैनिकको सोमबार मृत्यु भएको पुष्टि गरेका छन् ।

काउन्सिलका सदस्यहरूले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको चाँडो अनुसन्धान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ४ : ११ बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर