सभापतिमा मेरो दावी कायम छ : डा शशांक | Khabarhub Khabarhub

सभापतिमा मेरो दावी कायम छ : डा शशांक


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले सभापति पदका लागि आफ्नो दावी कायमै रहेको बताएका छन् ।

शशांकले सहमति हुने अवस्था सिर्जना हुँदा मात्रै आफू त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘कोही एक जनाको नाममा सहमति हुँदा आफू बाधक नबन्ने भनेको हुँ । मेरो त्यागलाई अरुले अवसरमा परिणत गर्ने र एक भन्दा बढीले उम्मेदवारी दिने हो भने मेरो त्यागको अर्थ रहँदैन ।’

सभापतिको दौडबाट बाहिरिएको सन्देश दिएका महामन्त्री शशांकको यो अभिव्यक्तिसँगै संस्थापन इतर समूहमा फेरि सभापतिमा सहमतिको सम्भावना कम हुँदै गएको छ ।

शशांकले भने, ‘रामचन्द्रजीमा सहमति गरौं भन्ने कुरामा साथीहरु सहमत हुन सक्नु भएन । म बाधक बन्दिनँ भनेर मैले सहमतिमा जोड दिन खोजेको हो । त्यो नभएपछि मैले सभापतिको दौड त्याग्नुको अर्थ भएन ।’

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ६ : २७ बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदी अरबको भ्रमणमा 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा