एमाले महाधिवेशनको गैंडाको मस्कट बेवारिसे, मस्कटलाई पछाडि पारेर चितवन महोत्सव « Khabarhub

एमाले महाधिवेशनको गैंडाको मस्कट बेवारिसे, मस्कटलाई पछाडि पारेर चितवन महोत्सव


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा राखिएको गैंडाको मस्कट बेवारिसे बनेको छ । साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको गैंडाको मस्कट एमालेको महाधिवेशन सकिएपछि बेवारिसे बनेको हो ।

गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो । सोहीअनुसार गैंडाको मस्कटको मूर्ति नै बनाएर महाधिवेशन उद्घाटन स्थलमा राखिएको हो ।

मस्कटलाई नदी किनारको उत्तरतर्फ पुछारमा राखिएकाले नदी किनारमा पुग्ने पर्यटकहरू त्यहाँसम्म पुगेकै हुँदैनन् । बर्खामा नारायणीमा आउने बाढीले गैंडाको मस्कट बगाएर लैजाने जोखिम पनि उत्तिकै छ ।

२५ पुसदेखि ४ माघसम्म नारायणी नदी किनारमा हुन लागेको चितवन महोत्सवको मञ्च पनि मस्कटलाई पछाडि पारेर बनाइँदै छ । उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव गर्न लागेको हो ।

महोत्सवका लागि छेकबार, मैदान व्यवस्थापन र स्टल निर्माणको काम सुरू भएको छ । एमालेले मञ्च बनाएको स्थानमा बालुवा रहेकाले त्यस ठाउँलाई छाडेर मञ्च बनाउन लागिएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए ।

‘मञ्च निर्माण गर्दा पहिलादेखिको हाम्रो प्लानभन्दा बाहिर गयो भने बालुवा मात्र छ । अहिले सुरक्षाका लागि बनाइएको छेकबारभन्दा पछाडि बालुवा भएको ठाउँमा बालउद्यान हुन्छ । बाल उद्यानमा जानका लागि ३० देखि ४० फिटको गेट बनाउछौँ’, उनले भने ।

बाल उद्यानभन्दा पछाडि अर्को छेकबार बनाइनेछ । मञ्च र बालउद्यानको बीचमा गैंडाको मस्कट पर्ने देखिन्छ । नेकपा एमालेले महाधिवेशनमा मञ्च बनाएको स्थानमा महोत्सवको बाल उद्यान बनाइने भएको हो । अहिले बालउद्यान बनाउने स्थानलाई छाडेर छेकबार लगाएर मैदान व्यवस्थापनको काम गरिँदै छ ।

एमालेले महाधिवेशनमा गैंडाको मस्कटलाई मञ्चको पश्चिमतर्फ राखेको थियो । महाधिवेशन सकिएपछि पार्टीको झण्डा निकालेर मस्कटमा नेपालको झण्डा राखिएको छ । मस्कटले पनि नदी किनारमा पुग्ने पर्यटकलाई आकर्षित गर्ने अपेक्षा छ । चितवन महोत्सवमा अवलोकनकर्तालाई आकर्षित गर्ने खालका विभिन्न प्रदर्शनी र खेलहरू खेलाइन्छ । न्यूजकारखाना

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ६ : ५५ बजे

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा

रास्वपा कर्णाली प्रदेशको सहमहामन्त्रीमा साह र सुवेदी मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर

आजका समाचार : सरकार चोख्याउने रविको भाषण, संसद अधिवेशन भोलिदेखि र अभिनेता विजय अब मुख्यमन्त्री

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने राष्ट्रिय

देउवाले थला पारेका भ्रातृसंगगठनलाई गगनले झन् गिजोले

काठमाडौं- नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ

चन्द्रपुर (रौतहट)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी समस्याको