भूकम्पको विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा « Khabarhub

भूकम्पको विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको उद्धार तथा राहतदेखि पुनःनिर्माणसम्म मित्र राष्ट्र, अन्तर्राष्ट्रिय निकाय र समुदायको महत्वपूर्ण सहयोग रहेको बताएका छन् ।

नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ समापन समारोहलाई विहीबार राजधानीमा सम्बोधन गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको बताए । अझ राम्रो र बलियो पुनःनिर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

“विनाशकारी भूकम्पको छ वर्षपछि पुनःनिर्माण र पुनःस्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ, भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकुलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौँ”, उनले भने।

पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनःनिर्माणलाई सफलताको चरणमा पुर्‍याएकोमा प्राधिकरणलाई धन्यवाद दिँदै पुनःनिर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे। विपद् जोखिमबाट मुक्त नेपाल निर्माणतर्फ अघि बढ्न विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणलाई स्वायत्त तथा अधिकारसम्पन्न बनाउनुपर्ने उनले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकरात्मक अभ्यास तथा अनुभवहरु आदानप्रदान भएको बताए । पुनर्निर्माणका क्रममा प्राप्त अनुभव भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागलाई पनि उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराए । आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय सरकारलाई सामथ्र्यवान बनाइनुपर्ने उनको माग थियो ।

समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुण बंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जापान सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरलगायतले नेपालले पुनःनिर्माण तथा पुनस्र्थापनाबाट आफूहरुले पनि सिक्ने अवसर पाएको बताए ।

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र युएनडिपीकी उप महानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विहीबारे सम्मेलनअन्तर्गतका १० वटा विषयगत सत्रहरु सम्पन्न भएका छन् । बुधबार उद्घाटनसँगै सम्मेलनका १० वटा सत्र सम्पन्न भएको थियो । सम्मेलनको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।

समापन कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थित थिए । त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।

सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामथ्र्यवान बनाउनुपर्नेमा जोड दिँदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा भौतिक रुपमा उपस्थित र जुम मार्फत् जोडिएका गरी करिब एक हजार जनाको सहभागिता रहेको प्राधिकरणले जनाएको छ । सम्मेलनका सहभागीलाई शुक्रबार पुनःनिर्माण भएका स्थलमा अवलोकन एवं अध्ययनका लागि लैजाने कार्यक्रम रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ९ : २५ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय