लागूऔषध सहित मुगुमा एक युवक पक्राउ « Khabarhub

लागूऔषध सहित मुगुमा एक युवक पक्राउ


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– हिमाली जिल्ला मुगुमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । छायानाथ रारा नगरपालिका १ बस्ने २२ वर्षीय भक्तराज शाही लागूऔषध खैरो हिरोइन ४.३५ ग्रामसहित पक्राउ परेका हुन् ।

सदरमुकाम गमगढी बजारको जिल्ला अस्पताल ठिनी मुगुको आसपासको क्षेत्रमा लागूऔषधको विक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

उनकाअनुसार शाहीलाई लागूऔषध खैरो हिरोइन ४.३५ ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताए । पक्राउ परेका शाहीलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विरुद्धको कसुरमा मुगु जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १० : २० बजे

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति