मनाङमा थालियो विपद् व्यवस्थापनको पूर्वतयारी « Khabarhub

मनाङमा थालियो विपद् व्यवस्थापनको पूर्वतयारी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरु भइसकेको छ ।

मनसुन शुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ ।

जिल्लावासीलाई सुरक्षित र विपद् न्यूनीकरणका लागि मनाङ जिल्ला विपद् व्यवस्थापन समितिले पनि पूर्वतयारी थालेको छ । वर्षाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपद् आइपर्ने हुँदा जोखिम न्यूनीकरणको पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।

“प्राकृतिक विपद्बाट जिल्लामा धेरै क्षति हुनबाट जोगाउनका लागि पूर्वतयारी थालिसकेका छौँ’, लामिछानेले भने । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा बढी जोखिम हुनसक्ने पूर्वानुमान गरिसकेकोले सचेत हुनुपर्ने भन्दै तयारी थालेको हो ।

प्राधिकरणको निर्देशनअनुरूप यसपालि यस अवधिमा बढी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरोको घटनाको प्रतिकार्यका लागि जिल्लाभित्रका चार वटै गाउँपालिकासँग समन्वय  गरेर तयारी थालिएको उनले बताए ।

“विपद्को अवस्थामा उद्धारमा खट्ने जनशक्ति तयार भइसकेको छ, वर्षायाम शुरु भइसकेको छ, उद्धारमा खटिने जनशक्तिलाई विश्वव्यापी फैलिएको कोभिड–१९ बाट जोगाउनुपर्ने अवस्था छ, उनीहरुलाई स्वस्थ कसरी राख्ने भन्ने चुनौती थपिएको छ”, उनले भने ।

विगतमा भन्दा हाल स्थानीय सरकारलाई बढी स्वामित्व हस्तान्तरण भएकाले पालिकाहरु सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ११ : २५ बजे

नयाँ भवनमा भूकम्प प्रतिरोधी मापदण्ड लागू गरिने

काठमाडौं– सरकारले नयाँ भवन निर्माणमा भूकम्प प्रतिरोधी मापदण्ड लागू गरिने

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, प्रभावितलाई सेयर दिने 

काठमाडौं– सरकारले देशको ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने लक्ष्यसहित ३०

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने घोषणा

काठमाडौं– माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा

पोखरा र भैरहवामा थप उडान वृद्धि गर्न कूटनीतिक पहल गरिने

काठमाडौं– सरकारले पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा थप विमान

सरकारले दलहरूको सहकार्यमा संविधान संशोधन गर्ने

काठमाडौं- सरकारले दलहरूको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ।