विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, १ लाख ८ हजार सिकिस्त | Khabarhub Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, १ लाख ८ हजार सिकिस्त


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो ।

आइतबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ । यसमध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ५० हजारभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४४ लाख ५० हजार नाघेको छ ।

अहिलेसम्म १९ लाख ३३ हजार ५७५ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

कुल संक्रमितको २६.२८ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ३६ लाख ७० हजार ३४६ छ । यसमध्ये १ लाख ८ हजार ५२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड २६ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ८१ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्राप्त विवरणअनुसार बेलायतमा पहिलो पटक देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरसको उद्भव भनिएको चीनमा पनि देखिएको छ । फ्रान्स, अमेरिका, भारतमा पनि नयाँ प्रजातिको भाइरस पुष्टि भएपछि फेरि कडिकडाउ गरिएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ३४ बजे

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७