विश्वविद्यालयहरूको सुनौलो भविष्य अन्त्य हुनसक्छ | Khabarhub Khabarhub

विश्वविद्यालयहरूको सुनौलो भविष्य अन्त्य हुनसक्छ



गएको वर्ष विद्यार्थीहरूका लागि अत्यन्तै अप्ठेरो वर्ष थियो । धेरै विद्यार्थी क्याम्पस जानबाट नै बञ्चित भए । यस्तै कयौँ विद्यार्थी आफू अध्ययन गर्न चाहेको देश प्रवेश गर्न नै पाएनन् । जसले यो अवसर पाए उनीहरूलाई कडा सामाजिक दूरीको पालना गर्दै जुमको माध्यमबाट क्याम्पसमा स्वागत गरियो ।

यो सबैको मतलब सन् २०२१ पनि विश्वविद्यालय सञ्चालनका लागि कठिन समय हुनेछ भन्ने हो । केही दशक अघिसम्म विश्वविद्यालयहरू जुर्मुराइरहेका थिए, जसका कारण देशको समृद्धिमा टेवा पुगिरहँदा विश्वविद्यालयको माग बढेको थियो । राजनीतिज्ञहरू पनि यसलाई आर्थिक वृद्धिको स्रोत नै मानिरहेका थिए । कोरोनाले यी सबै आयामलाई चुनौती दिएको छ ।

सर्वप्रथम यी सबै कुराको समस्या अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पर्नेछ । केही वर्षयता उनीहरूको संख्या बढ्दै गएको थियो । कोरोना महामारी देखापर्नु अघिसम्म अन्तर्राष्ट्रिय विद्यार्थीहरू विश्वभर गरेर करीब पाँच मिलियन थिए । विशेष गरी विकासोन्मुख देशबाट विकसित देशको विश्वविद्यालयमा मोटै रकम खर्च गरेर उनीहरू अध्ययनका लागि यात्रा गरी रहेका थिए ।

अब विश्वविद्यालय अध्ययनमा प्राथमिकताको प्रश्न उब्जने हुँदा केही समय यो विषयमा राजनीतिज्ञको सहयोग कम पनि हुनेछ । त्यसैले अब विश्वविद्यालय आर्थिक सहयोगका लागि व्यावसायिक र सार्वजनिक क्षेत्रसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने हुन्छ । बितेको केही समयमा विश्वविद्यालयहरूले आफ्नो आभा गुमाइसकेका छन् ।

अहिले थोरै विद्यार्थीबाट विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा विश्वविद्यालयका पदाधिकारी सोचिरहेका छन् । यसको सबैभन्दा बढी मार विदेशीको आवागमनमा कडाइ गरेका देशका विश्वविद्यालयलाई हुनेछ ।

सन् २०१९ को जुलाईमा एक लाख ४४ हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया आएकामा सन् २०२० को जुलाईमा जम्मा ४० जना अन्तर्राष्ट्रिय विद्यार्थी लागि आएका छन् ।

अब विश्वविद्यालय अध्ययनमा प्राथमिकताको प्रश्न उब्जने हुँदा केही समय यो विषयमा राजनीतिज्ञको सहयोग कम पनि हुनेछ । त्यसैले अब विश्वविद्यालय आर्थिक सहयोगका लागि व्यावसायिक र सार्वजनिक क्षेत्रसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने हुन्छ । बितेको केही समयमा विश्वविद्यालयहरूले आफ्नो आभा गुमाइसकेका छन् ।

उच्च शिक्षाको क्षेत्र बढ्दै जाँदा संयोग नै मान्नुपर्छ केही विकसित देशमा भने यसको उत्पादकत्वमा कमी आएको महसुस भएको छ । जसका कारण विश्वविद्यालयले विद्यार्थीको क्षमता नै अभिवृद्धि गर्छ भन्ने विश्वासमा कमी आएको छ । अर्कोतर्फ शैक्षिक स्तर डिग्री हुने र नहुनेहरूबीच राजनीतिक द्वन्द्व बढिरहेको छ ।

एक अध्ययनका अनुसार महामारी सुरु भएयता अमेरिकाका विश्वविद्यालयमा काम गर्ने कर्मचारीहरू ७ प्रतिशतले घटेका छन् । जागिर गुमाउनेको संख्या अस्ट्रेलियामा अझ बढी हुनेछ ।

अमेरिका, अस्ट्रेलिया र बेलायका दक्षिणपन्थी सरकारहरूले महामारीको पहिलो लहरमा विश्वविद्यालयहरूले गर्न खोजेको सहयोगभन्दा निकै कम समर्थन दियो । अमेरिकामा विश्वविद्यालयहरूको आर्थिक अवस्थामा गिरावट आउनेछ किनकि सरकारले राजस्व र कर कम उठ्दै गर्दा आफ्नो खर्चमा पनि कटौती गर्नेछ ।

परिणामतः विश्वविद्यालयहरूले आफ्नो खर्चमा कटौती गर्नुपर्नेछ । ठूला भवन निर्माण परियोजनाहरू केही समयका लागि रोकिनेछन् । करारमा रहेका कर्मचारीको जागिर खोसिनेछ । एक अध्ययनका अनुसार महामारी सुरु भएयता अमेरिकाका विश्वविद्यालयमा काम गर्ने कर्मचारीहरू ७ प्रतिशतले घटेका छन् । जागिर गुमाउनेको संख्या अस्ट्रेलियामा अझ बढी हुनेछ ।

केही विश्वविद्यालयहरू त विलयकै अवस्थामा पुग्नेछन् । केही अवस्थामा प्रक्रिया केही सहजरूपमा व्यवस्थित हुनेछ । समस्याग्रस्त संस्थाहरू बलियो संस्थासँग एकाकारको तहसम्म पुग्नेछन् । यस्तो गर्न पनि खास गरी अमेरिकी विश्वविद्यालयहरूमा आर्थिक समस्या देखापर्नेछ । कलेजहरूको योजना बनाउने इएडमिट संस्थाले गरेको एक अध्ययनअनुसार तीनमध्ये एक अमेरिकी निजी कलेज अबको ६ वर्षभित्र पूर्णरूपमा आर्थिक अभावको तहमा पुग्नेछन् ।

जुन संस्थाहरू यो अवस्थामा पुग्नबाट रोकिन चाहन्छन्, उनीहरूले आर्थिक उर्पाजनका लागि अन्य क्षेत्र पहिल्याउनु पर्नेहुन्छ । केही विश्वविद्यालयले दूरशिक्षा कसरी दिने भन्नेमा काम गरिरहेका छन् । अन्यले बेरोजगार मानिलाई छोटो र व्यावसायिक शिक्षा कसरी दिन सकिन्छ भन्ने दिशामा काम गर्न थालेका छन् ।

यद्यपि, सन् २०२१ को अन्त्यसम्म हाल देखिएको गतिरोध अन्त्यको सुरुवात हुनसक्छ । विश्वविद्यालयले आर्थिक मन्दीबाट पार नलाग्दासम्म विद्यार्थीहरूलाई कुनै न कुनै तरिकाले आफूसँगै जोडिने उपाय खोज्न सक्छन् । मन्दीपछि हाल देखिनएको कम विद्यार्थी भर्नाको संख्या बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीले एक वर्षका लागि अध्ययन अध्यापन बन्द राख्ने माग पछि सार्न सक्छन् । धेरै विश्वविद्यालयका लागि यो लामो प्रतिक्षाको विषय हुनसक्छ । सबैले यो आर्थिक संकटबाट पार पाउने वाला पनि छैनन् ।

(विर्रेल सार्वजनिक नीतिका विषयमा द इकोनोमिस्टमा कलम चलाउँछन् । द वर्ड इन २०२१ शीर्षकमा नोभेम्बर १७, २०२० मा इकोनोमिस्टमा प्रकाशित यो लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)  

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ३५ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी– देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठा क्षेत्रफलमा बन्दागोभी

रामेछापमा जुनार उत्पादन वृद्धि

रामेछाप– रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस

आर्सनलले निकाल्यो तीन शून्यको प्रभावशाली जित

काठमाडौं – खराब खेल प्रदर्शन गर्दै आएको आर्सनलले इङ्लिस प्रिमियर