यूएईमा कोरोना संक्रमित बढेसँगै सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको अनुरोध « Khabarhub

यूएईमा कोरोना संक्रमित बढेसँगै सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको अनुरोध



दोहा– नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तव्य रहेको संयुक्त अरब इमिरेट्स (यूएई) मा विगत केही समयदेखि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेसँगै नेपाली दूतावासले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८७६ नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म यूएईमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ३० हजार ५७८ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ६ हजार ११४ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७०८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

विशेष गरी युरोपेली मुलुकहरूमा देखा परिरहेको कोभिड-१९ को नयाँ प्रकार यूएईमा पनि पछिल्लो समयमा देखा परेको स्वास्थ्य निकायहरूले जनाएका छन्।

कोभिड-१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको बताइएको छ।

संक्रमणलाई मध्यनजर गर्दै यूएई सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

साथै कोभिड-१९ संक्रमणविरुद्ध अपनाउदैँ आएका निरोधात्मक उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्नेलगायतका कार्यहरू नियमित एवं प्रभावकारी रूपमा पालना गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

यूएई सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा नि: शुल्क रूपमा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : २४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर