यूएईमा कोरोना संक्रमित बढेसँगै सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको अनुरोध « Khabarhub

यूएईमा कोरोना संक्रमित बढेसँगै सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको अनुरोध



दोहा– नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तव्य रहेको संयुक्त अरब इमिरेट्स (यूएई) मा विगत केही समयदेखि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेसँगै नेपाली दूतावासले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८७६ नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म यूएईमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ३० हजार ५७८ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ६ हजार ११४ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७०८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

विशेष गरी युरोपेली मुलुकहरूमा देखा परिरहेको कोभिड-१९ को नयाँ प्रकार यूएईमा पनि पछिल्लो समयमा देखा परेको स्वास्थ्य निकायहरूले जनाएका छन्।

कोभिड-१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको बताइएको छ।

संक्रमणलाई मध्यनजर गर्दै यूएई सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

साथै कोभिड-१९ संक्रमणविरुद्ध अपनाउदैँ आएका निरोधात्मक उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्नेलगायतका कार्यहरू नियमित एवं प्रभावकारी रूपमा पालना गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

यूएई सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा नि: शुल्क रूपमा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : २४ बजे

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले