नेप्से दोहोरो अंकले वृद्धि, बजार पूँजीकरण ३० खर्ब नाघ्यो « Khabarhub

नेप्से दोहोरो अंकले वृद्धि, बजार पूँजीकरण ३० खर्ब नाघ्यो


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ ।

लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अंकले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२१ ले उकालो लागेर ४२८.४३ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर रु छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ मूल्यमा खरीदबिक्री भए । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख ४० हजार बराबर पुगेको छ । मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनको नजीकनजीक बजार पूँजीकरण हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको शेयर मात्रै ओरालो लागेको छ ।

जीवन बीमा उपसमूह १७.१६ ले ओरालो लाग्दा बैंकिङ ५९.६१, व्यापार ७८.०३, होटेल २०.५४, विकास बैंक ८८.४५, जलविद्युत् १६.६५, वित्त १९.२१, निर्जीवन बीमा ३९.०८, उत्पादन ३.१६, लघुवित्त २१.८ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।

कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४० करोड २९ लाख ९१ हजार ९८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै कुमारी बैंक रु ३० करोड ४५ लाख १६ हजार ४७०, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड १२ लाख चार हजार ८९५, नबिल बैंक रु २० करोड ३९ लाख ३९ हजार ४१२, प्राइम बैंक रु २० करोड ३८ लाख ४० लाख ८३९, सिद्धार्थ बैंक रु १९ करोड ७३ लाख १६ हजार, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १९ करोड ६८ लाख ४८ हजार ९७७, एनआइसी एसिया बैंक रु १७ करोड ९४ लाख २५ हजार १९१ र नेपाल दूरसञ्चार कम्पनी रु १६ करोड ५४ लाख ११ हजार ५२८ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

कारोबार भएका कम्पनीहरुमध्ये ११७ कम्पनीको शेयर उकालो लागे भने ४४ कम्पनीको शेयर ओरालो लाग्यो । यस्तै १४ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबार भएकामध्ये प्रभु इन्सुरेन्स १०, नारायणी डेभलपमेन्ट बैंक ९.९७, कुमारी बैंक ९.८९, आरम्भ चौतारी लघुवित्त ९.८९, युनाइटेड फाइनान्स ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८३, नेपाल फाइनान्स ८.७०, प्राइम बैंक ८.५६, महालक्ष्मी विकास बैंक ८.२४ र लुम्बिनी विकास बैंकका शेयरधनीले ७.६९ प्रतिशतले कमाए ।

त्यस्तै, निर्धन उत्थान लघुवित्त ४.३१, हिमाल दोलखा हाइड्रोपावर २.९९, एनएलजी इन्सुरेन्स २.८६, नेरुडे लघुवित्त २.८२, दिव्यश्वरी हाइड्रोपावर २.७०, युनाइटेड इदी मर्दी हाइड्रोपावर २.६१, युनियन हाइड्रोपावर २.६१, माउन्टेन हाइड्रो २.६०, अरुण भ्याली हाइड्रोपावर २.५५ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले २.५२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ०८ बजे

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई