अनेरास्ववियूद्वारा संसद विघटनको विरोध गर्दै माइतीघरमा बयलगाडा जुलुस (भिडियोसहित) « Khabarhub

अनेरास्ववियूद्वारा संसद विघटनको विरोध गर्दै माइतीघरमा बयलगाडा जुलुस (भिडियोसहित)


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनको विरोध गर्दै काठमाडौँको माइतीघरमा ‘बयलगाडा जुलुस’ निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा अनेरास्ववियूले  माइतिघर मण्डलामा सांकेतिक रुपमा बयलगाडा प्रदर्शन गरेको हो ।

थापाथली इन्जिनियरिङ क्याम्पसबाट बयलगाडासहित निस्किएको ¥यालीसहितको विरोध प्रदर्शन माइतिघर मण्डलासम्म पुगेको थियो ।

बयलगाडामा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर सो पुत्ला दहन गरिएको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले जनआन्दोलन–२ मा गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै उनीहरुले बयलगाडा प्रदर्शन गरेको जनाएका छन् ।

पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियूले आइतबार काठमाडौसहित देशका विभिन्‍न जिल्लामा बयलगाडा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : २४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष