नेकपाको दाहाल-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, पाँच ठाउँबाट निस्कदै जुलुस | Khabarhub Khabarhub

नेकपाको दाहाल-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, पाँच ठाउँबाट निस्कदै जुलुस

प्रदेश-२ बाट मात्रै ३० हजार कार्यकर्ता उतार्ने तयारी


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

यसअघि पुस १३ र माघ ९ काठमाडौँमा नै प्रदर्शन गरिसकेको दाहाल-नेपाल समूहले आजको प्रदर्शनलाई  सहभागिताको हिसावले ‘निर्णायक’ बनाउने तयारी गरेको छ ।

ओलीले माघ २३ गरेको प्रदर्शनलाई ‘काउन्टर’ दिने तयारीस्वरूप आजको जनप्रदर्शनमा २ लाखभन्दा बढी मानिस उतार्ने गरी नेताहरू खटिएका छन् ।

शीर्ष चार नेता पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता आज निस्कने पाँच ठाउँको जुलुसको नेतृत्वमा हुनेछन् ।

केन्द्रीय संघर्ष समितिका अनुसार बिहानबाटै निस्कने जुलुस ११ १२ बजे सुरू हुने मूल जुलुसमा मिसिनेछ ।

मुल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछन् ।

हेर्नुहोस् जुलुसको रूट

विरोधसभाको तयारीबारे मंगलबार नै सचिवालय बैठकमा समीक्षा गरिएको छ । आजको प्रदर्शनमा २ लाखभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरेको समूहले तदअनुरूपको सहभागिता जुटाउन प्रदेश २ लाई बढी केन्द्रित गरेको छ ।

यसका लागि प्रदेश-२ बाट मात्रै २ सय भन्दा बढी बस तथा साना ठूला अरू गाडीबाट ३० हजारभन्दा बढी मानिस काठमाडौँ आएको नेता शिवकुमार मण्डलले जानकारी दिए ।

प्रदर्शनका लागि प्रदेश २ का ८ जिल्लामध्ये धनुषाबाट मात्रै ६० वटा बसमा कार्यकर्ता काठमाडौँ आएका छन् ।

यस्तै बाराबाट ६५ वटा गाडी र सुमोमा कार्यकर्ता काठमाडौँ आएका छन् भने सर्लाहीबाट पनि ९० वटाभन्दा बढी बस तथा तीन दर्जनभन्दा बढी सुमोसहितका गाडीमा कार्यकर्ता काठमाडौँ हिँडेको दाहाल-नेपाल समूहको जिल्ला नेताहरूले जनाएका छन् ।

प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपाका दुवैपक्ष शक्ति प्रदर्शनको होडमा छन् । दाहाल-नेपाल समूह प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सडक संघर्षमा छ भने ओली समूह चुनावी तयारी भन्दै शक्ति प्रदर्शनमा छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : ५५ बजे

संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री

विराटनगर– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको

राजा फर्काउने आन्दोलन : सिसिफसको दुःख !

काठमाडौं– नोबेल पुरस्कार बिजेता चर्चित अस्थित्ववादी लेखक अल्बर्ट कामूले ‘द

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार

भिजिट भिसा प्रकरण : एक हप्तासम्म पनि हुन सकेन बजेटमाथि छलफल

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा जेठ १५