महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई « Khabarhub

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय छन् । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।

विसं २०७७ को सो पुरस्कार करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा.रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष प्रा.पुरुषोत्तम दाहालले जानकारी दिए ।

यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहेकी ज्ञानु प्रसाईँ सम्मानित हुने भएकी छन् ।

विसं २०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशि एक एकलाख रहेको छ ।

पुरस्कार चयनका लागि डा.विमल कोइरालाको संयोजकत्वमा डा.दिनेश भट्टराई, डा. कुमार कोइराला, दुर्गा घिमिरे र प्रा.नवेन्द्र निधि रहेको समितिले माघ २४ मा बसेको बैठकले गरेको चयनअनुरुप प्रतिष्ठानले उल्लिखित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार निधिको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिने छ ।

निधिको १००औँ जन्मजयन्तीका अवसरमा फागुन १२ गते विचारगोष्ठी र १३ गते महेन्द्रनारायण निधिको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन तथा निधिको स्मारकको अनावरणसमेत गर्ने कार्यक्रम रहेको छ ।

विसं २०६८ देखि सञ्चालित अस्पतालको १०० शैय्या क्षमताको आफ्नै नवनिर्मित भवन वसुन्धारामा रहेको छ ।

नेपालको इतिहासमा मधेश–तराई समुदायबाट राजनीति शुरु गरी राष्ट्रिय व्यक्तित्व बन्न सफल निधिको यो स्मारक चुरे पहाडभन्दा माथिल्लो भागमा पहिलो मधेसी समुदायको स्मृति स्मारक हुनेछ ।

विसं १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मिएका निधिको विसं २०५६ मा निधन भएको थियो ।

विसं २०५८ मा भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले चेतनामूलक, सेवामूलक र विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानको संरक्षक निधिका पुत्र एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ८ : २५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ७ गते शनिबार चैत

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक