एनआरएनए कुवेतद्वारा ६ नेपाली बिरामीको उद्धार « Khabarhub

एनआरएनए कुवेतद्वारा ६ नेपाली बिरामीको उद्धार


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले ६ नेपाली बिरामीलाई उद्धार गरि स्वदेश पठाएको छ ।

दुवै मृगौला फेल भएकी सिन्धुपाल्चोककी तारा भण्डारी, सवारी दुर्घटनामा परि उपचाररत स्याङ्जाका दिल्लिराम पाठक, खुट्टामा घाउ भएर काम गर्न नसकेका सिन्धुलीका प्रकाश आले, बर्दियाका चित्रबहादुर राना मगर, सरस्वती पाठक र राज पौडेललाई उद्धार गरि स्वदेश पठाईएको संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

उनीहरुलाई निशुल्क हवाइ टिकट र पिसिआर परीक्षण गरेर जजिरा एयरवेजको उडान मार्फत स्वदेश पठाईएको अध्यक्ष केसीले बताए ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतका अध्यक्ष केसी ९४४७१२२२ र महासचिव दिलकुमार पाख्रीनलाई ९७५५७३१३ मा सम्पर्क गर्न सकिने एनआरएनले जनाएको छ ।

अहिलेसम्म संघले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित २६ नेपालीको उद्धार गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : १० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका