अख्तियारका पदाधिकारीको तोकियो जिम्मेवारी « Khabarhub

अख्तियारका पदाधिकारीको तोकियो जिम्मेवारी


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख एवं आयुक्तहरूको जिम्मेवारी तोकिएको छ ।

विभिन्न मन्त्रालय हेर्ने गरी पदाधिकारीहरूको कार्यविभाजन गरिएको हो ।

आयोगको ३१औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयुक्तहरूको जिम्मेवारी टुंग्याइएको हो । सबै आयुक्तलाई महत्वपूर्ण मन्त्रालय मानिने अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालय पर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।

प्रमुख आयुक्त प्रेमकुमार राईले गृह, रक्षा र सुरक्षा निकायको तथा अर्थ, पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेसनको जिम्मा लिएका छन् ।

आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा, न्याय र कानुनसम्बन्धी तथा सहरी विकासलगायत मन्त्रालयको जिम्मेवारी परेको छ। यस्तै आयोगमा प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद रिसाललाई दिइएको छ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ४७ बजे

आज २०८२ साल चैत ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ७ गते शनिबार चैत

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको