अख्तियारका पदाधिकारीको तोकियो जिम्मेवारी « Khabarhub

अख्तियारका पदाधिकारीको तोकियो जिम्मेवारी


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख एवं आयुक्तहरूको जिम्मेवारी तोकिएको छ ।

विभिन्न मन्त्रालय हेर्ने गरी पदाधिकारीहरूको कार्यविभाजन गरिएको हो ।

आयोगको ३१औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयुक्तहरूको जिम्मेवारी टुंग्याइएको हो । सबै आयुक्तलाई महत्वपूर्ण मन्त्रालय मानिने अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालय पर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।

प्रमुख आयुक्त प्रेमकुमार राईले गृह, रक्षा र सुरक्षा निकायको तथा अर्थ, पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेसनको जिम्मा लिएका छन् ।

आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा, न्याय र कानुनसम्बन्धी तथा सहरी विकासलगायत मन्त्रालयको जिम्मेवारी परेको छ। यस्तै आयोगमा प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद रिसाललाई दिइएको छ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ४७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका