नेपाली सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै « Khabarhub

नेपाली सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ ।

सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै यस्तो कार्यक्रम गर्न लागेको हो ।

उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका सैद्धान्तिक र व्यावहारिक आधार तयार पार्ने उद्देश्य कार्यक्रमको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेअनुरूप त्यसमा आधारित सेनाले फागुन २  देखि ५ गते उक्त कार्यक्रम गर्न लागेको हो ।

सेनाका विशिष्ट श्रेणी, रक्षा मन्त्रालय र अरु सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहने उक्त कार्यक्रममा गैरसैनिक विषयविज्ञबीच समेत प्रस्तुतीकरण र छलफल गरी निष्कर्ष निकालिने बताइएको छ ।

सङ्गठनमा विद्यमान पद्धति र प्रणालीलाई सुदृढ गर्दै लैजान र भविष्यमा परिवर्तन व्यवस्थापनको कार्यलाई सम्पादन गर्ने दायित्व भएका भावी पुस्ताको नेतृत्वलाई उक्त प्रक्रियामा हिस्सेदार र जिम्मेवार बनाउँदै  लैजाने उद्देश्यले कार्यक्रम गर्न लागिएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ३० बजे

आज २०८२ साल चैत ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ७ गते शनिबार चैत

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको