किन झ्यालढोका बन्द गरेर हिटर बाल्नु हुँदैन ? | Khabarhub Khabarhub

किन झ्यालढोका बन्द गरेर हिटर बाल्नु हुँदैन ?


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोयाममा चिसोका कारण लगभग सबै मानिसहरु आफ्नो झ्याल ढोका बन्द गरेर सुत्ने गर्दछन् ।

अझ कतिपय त घरको सबै झ्याल ढोका बन्द गरेर कोठा तताउन हिटर बाल्दछन् । यस्तोमा निसास्सिएर मानिसको मृत्यु पनि हुनसक्छ ।

खासगरी जाडोयाममा अधिकांशले घर, पसल वा कार्यालयमा कोठा तताउन ब्लोअर, हिटर वा कोइला बाल्ने गर्छन् । तर झ्याल ढोका बन्द गरेर कोठा तताउन हिटर, ब्लोअर वा कोइला बाल्दा यो अति नै खतरनाक हुन्छ ।

यस्तोमा हिटर नबाल्नु भन्ने होइन तर कोठाको भेन्टिलेसन, झ्याल वा ढोका भने खुल्ला हुनु पर्दछ ।

कोठा तताउन प्रयोग गरीने कोइला, दाउरा वा मट्टितेलको हिटर बाल्दा यसबाट निस्कने कार्बनमोनोअक्साइड ग्यासले हामी निसास्सिन्छौं र मृत्यु हुनसक्छ । यस्तोमा कोठाका सबै झ्यालढोका बन्द गरी भेन्टिलेसन नभए त मृत्यु निश्चित जस्तै हुन्छ ।

यो कोठाका अलावा गाडीमा पनि हुनसक्छ । साथै लामो समयसम्म कोठा तातो राखेमा छालमा सुख्खापन पनि आउने गर्दछ । यस अलावा चायाको समस्या पनि बढि मात्रामा देखा पर्दछ ।

किन असर हुन्छ ?

कार्बनमोनोअक्साइड एउटा विषालु ग्यास हो । यो कोइला, दाउरा वा काठ बालिरहेको स्थानबाट आउने भएकाले भेन्टिलेसन नभएको कोठामा स्वास फेर्दा अक्सिजनसँगै यो ग्यास हाम्रो फोक्सोसम्म पुग्दछ ।

कार्बन मोनोअक्साइडले रगतको हेमोग्लोबिनसँग प्रतिक्रिया गर्छ र कार्बोक्सिहेमोग्लोबिनमा परिणत हुन्छ । रगतको रातो रक्तकोष (आरबिसी), अक्सिजनभन्दा पहिले कार्बन मोनोअक्साइडसँग प्रतिक्रिया गर्छ ।

त्यसैले अक्सिजनभन्दा कार्बनमोनोअक्साइड धेरै भएको स्थानमा बसेमा रगतमा अक्सिजनको साटो कार्बन मोनोअक्साइड भरिन्छ । यस्तोमा शरीरका मुटु, कलेजो, फोक्सो, मिर्गौलाजस्ता महत्वपूर्ण अंगमा अक्सिजनको कमी भएर हाइपोक्सियाको स्थिति उत्पन्न हुन्छ । फलस्वरुप ती अंगका टिस्यु मर्न थाल्छन् र मृत्यु हुने सम्भावना बढ्दछ ।

कसरी जोगिने ?

यदि सहज स्वास फेरिरहेको कोठामा एकाएक स्वास फेर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, उल्टी हुन खोक्नेजस्ता लक्षण देखिए वा सास फेर्न कठिन भए र आँखा पोलेमा हत्तपत्त खुल्ला हावामा निस्कनुहोस् ।

कोठा तताउन प्रयोग भएको हिटर, कोइला, दाउरा वा ब्लोअर निभाउनु होस् । झ्यालढोका बन्द भएको कोठामा कोइला वा दाउरा नबाल्नुहोस् । साथै लामो समयसम्म हिटर वा ब्लोअरको अत्यधिक प्रयोग गर्नु पनि हुदैँन ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ३० बजे

सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पूँजीको

संसदमा सशक्त भूमिका खेल्न आफ्ना सांसदलाई प्रचण्डको निर्देशन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?

काठमाडौं– अमेरिकी सरकार अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता

‘अनलाइन’बाटै नागरिकता सिफारिस 

बैतडी– बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख