बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु « Khabarhub

बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । लायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा थप १ हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन् ।

मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रुपमा कमी आउन भने सकेको छैन ।

यहाँ नयाँ स्वरुपको भाइरसको संक्रमण शुरु भएको केही हप्ता अघिको तुलनामा संक्रमित संख्या कम देखिए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा १२ हजार ३६४ जना संक्रमित थपिएका छन् ।

यहाँको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार १४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त भएको अर्काे एक समाचारमा बेलातमा मंगलबारसम्मको तथ्यांकमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : १२ बजे

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार