केपी ओली कहाँबाट पैदा भए भनेर समीक्षा गर्नुपर्छ, नत्र महेन्द्रहरू जन्मिन्छन्: जनार्दन शर्मा « Khabarhub

केपी ओली कहाँबाट पैदा भए भनेर समीक्षा गर्नुपर्छ, नत्र महेन्द्रहरू जन्मिन्छन्: जनार्दन शर्मा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान कुर्सीसँग साटेको टिप्पणी गरेका छन् ।

आज (बुधवार) काठमाडौँमा भएको नेकपा (प्रचण्ड–नेपाल पक्ष) ले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शर्माले केपी ओलीले पदसँग संविधान साटेको भन्दै प्रधानमन्त्री ओलीको खरो विरोध गरे । उनले प्रश्न गरे, ‘के पदसँग संविधान साटिन सक्छ ?’

उनले नेपाली जनताका अधिकारलाई सुनिश्चित गर्न आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । उनले गणतन्त्र विरोधीहरुलाई खबरदारी गरेको र कुनै दिन शान्तिपूर्ण आन्दोलनमा उत्रेका जनताहरु विद्रोहमा उत्रिने दाबी गरे ।

‘आज भएको आन्दोलनमा आएका जनता, म भन्न सक्दिनँ, कुन दिन विद्रोहमा उत्रिन सक्छ,’ उनले भने ।

विरोध कार्यक्रममा बोल्दै शर्माले केपी ओलीले संविधानलाई अपांग बनाएको र ओम्नीका नाममा जनतामाथि खेलवाड गरिएको आरोप लगाए ।

‘ओम्नीहरुका नाममा जनताका नाममाथि खेलवाड गरिएको छ । संघीयतालाई गणतन्त्रलाई समाप्त पार्न खेलवाड गरिएको छ,’ उनले भने ।

उनले जनताको अधिकारलाई कुण्ठित गर्ने कार्य भएको बताए । साथै उनले केपी ओली हाबी हुनुका पछाडि के कारण छ भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘कहाँबाट केपी ओली पैदा भए भनेर समीक्षा गर्नुपर्छ, यदि गरिएन भने फेरि महेन्द्रहरु जन्मिन्छन्,’ उनले भने ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ०९ बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म