अपाङ्गता भएका व्यक्तिहरुको आपत्ति « Khabarhub

अपाङ्गता भएका व्यक्तिहरुको आपत्ति


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँमा भइरहेको नेकपा प्रचण्ड–माधव समूहको जनसभामा वक्ताहरुले सरकारी कदमको विरोध गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुको भावनामा चोट पुग्ने गरी बोलेको भन्दै विरोध भएको छ ।

सभामा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले मञ्चमा एउटा नोट पठाएर विरोध जनाएका हुन् । उक्त नोट कार्यक्रमका उद्घोषक लीलामणि पौडेलले पढेर सुनाएका थिए । नोटमा वक्ताहरुलाई शब्द प्रयोग गर्दा ध्यान दिन आग्रह गरिएको छ ।

त्यस्ता शब्दहरुले सभामा सहभागी अपाङ्गता भएका सयौँ व्यक्तिहरु दुःखी भएको नोटमा उल्लेख गरिएको छ ।

कतिपय वक्ताहरुले सरकारले असंवैधानिक कदम चालेको भनेर विरोध गर्ने क्रममा ‘अपाङ्ग, अन्धो, लङ्गडो’ जस्ता शब्द प्रयोग गरेका थिए ।
विरोध नोट पढेर सुनाएपछि उद्घोषक पोखरलले माफी मागेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ४७ बजे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन