गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न « Khabarhub

गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सेनाको पश्चिम पृतना हेडक्वाटर, विजयपुर पोखरामा आज गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने नाराका साथ सो सम्मेलन शुरु भएको हो । भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा शुरु भएको सो सम्मेलनको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गर्दै भूतपूर्व सैनिक तथा बहालवाला सैनिकबीच सामिप्यता बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

भूपू सैनिक तथा हिताधिकारीको पिरमर्का व्यवस्थापनको माध्यमका रुपमा सम्मेलन प्रभावकारी रहेको बताउँदै उनले भूतपूर्व सैनिकको सेवा निवृत्त जीवन स्वदेशमा नै उच्च आत्मसम्मानका साथ रहोस् भन्ने आफूहरूको चाहना भएको धारणा व्यक्त गरे । उनले नेपाली सेना कल्याणकारी बोर्डले त्यस किसिमका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे ।

प्रधानसेनापति थापाले सम्मेलनले भूपू सैनिकको आत्मसम्मान बढ्नुका साथै समाजमा योग्य नागरिक भई सेनाप्रति सकारात्मक सोचको विकास गरी राष्ट्रिय एकतामा टेवा दिन थप ऊर्जा तथा हौसला मिल्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले ज्येष्ठ भूतपूर्व सैनिक ९६ वर्षीय बागलुङ जिल्ला निवासी सिपाही मनिराज थापा र तत्कालीन श्री भैरवप्रसाद गुल्मबाट अवकाशप्राप्त सुवेदार हर्कबहादुर थापा मगरको श्रीमती ९९ वर्षीया नरकुमारी थापामगरलाई सम्मान गरे ।

कार्यक्रममा सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल तनहुँ जिल्लाका पूर्वजमदार बोधराज शर्माकी श्रीमती स्मृति शर्मा वाग्ले र गोरखा जिल्लाका पूर्वप्रबन्धक चन्द्रसिंह बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यस्तै चार वा सोभन्दा बढी सन्नततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना आमाबुबालाई सम्मान गरिएको थियो । सम्मेलनकै अवसरमा फरक क्षमता भएका तथा असक्तलाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग तथा लघुवित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणिलाई चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी अधिकृत पूर्वरथी गौरव तण्डुल, पूर्वरथी अमर पन्त, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका सभापति पूर्व सहायक रथी केशरबहादुर भण्डारी र बलाधिकृत रथी प्रभुराम शर्माले नेपाली सेनाको इतिहासमा भूतपूर्व सैनिकले खेलेको भूमिकाको चर्चा गरे ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ५० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय