एक चुम्बनले जोडिएको रणवीर–दीपिकाको सम्बन्ध | Khabarhub Khabarhub

एक चुम्बनले जोडिएको रणवीर–दीपिकाको सम्बन्ध


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस प्रेमिल जोडीका लागि विशेष दिन हो । यो दिन प्रत्येक जोडीका लागि केही नयाँ हुन्छ । बलिउडको लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणलाई पनि प्रत्येक वर्षको भ्यालेन्टाइन विशेष लाग्छ । किनकी उनीहरुको प्रेमकथा कुनै फिल्म भन्दा फरक छैन ।

रणवीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा कोंकणली रीतिरिवाज अनुसार इटालीको लेक कोमोमा विवाह गरे । विवाह अघि यो जोडी ६ वर्ष डेटमा रमाए । कमैलाई मात्र थाहा होला कि यो जोडी सन् २०१२ मा रिलिज फिल्म ‘गोलियों की रासलीला–रामलीला’बाट नजिकिएका थिए । उनीहरुले यही फिल्ममा पहिलोपटक अनस्क्रिन रोमान्स गरे । तर फिल्मको काम सकिए लगत्तै उनीहरुको अफस्क्रिन उत्तिकै चर्चामा आयो ।

सञ्जय लीला भन्साली निर्देशित यो फिल्मको सेटमा ‘अंग लगा दे’ बोलको गीत छायांकन गरिएको छ । गीतको अन्त्यमा दुवैजनाले एकअर्कालाई चुम्बन गर्नुपर्ने थियो । उनीहरु चुम्बनमा यति डुबे कि निर्देशकले ‘कट’ भन्दा पनि त्यसको परवाह गरेनन् । त्यो रात सेटमा करिब ५० व्यक्ति थिए र उनीहरुको चुम्बन देख्दा त्यहाँ एक किसिमको सन्नाटा नै छायो । उनीहरुको प्रेमपूर्ण चुम्बन देखेपछि मात्र सबैले यो जोडी प्रेममा छन् भन्ने अन्य सदस्यले थाहा पाए ।

यो घटनापछि उनीहरु सुटिङ सेटमा आउँदा उनीहरु एकअर्कालाई ‘बेबी’ भनेर सम्बोधन गर्थे । सँगै खाना खान्थे र सुटिङ नहुञ्जेलसम्म भेनिटी भेनमा घण्टौं बिताउँथे । सबैले फिल्मको सुटिङ सकिएपछि उनीहरुको प्रेम पनि सकिने अनुमान लगाएका थिए । तर अनुमान केवल अनुमानमै सीमित रह्यो । यो फिल्म पछि उनीहरु ‘बाजीराव मस्तानी’मा देखिएपछि मात्र उनीहरुको प्रेम दिगो रहेछ भन्ने आभाष फिल्मकर्मीलाई भएको थियो ।

‘बाजीराव मस्तानी’को सुटिङका समयमा रणवीरले आफ्नो सिन दिएपछि पनि उनी सेट छोड्दैन थिए । उनी दीपिकालाई पर्खिएर बस्थे । रणवीर मात्र एक यस्ता अभिनेता हुन्, जसले दीपिकालाई हलिउड जान सल्लाह दिएका थिए ।

–एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ०५ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न