काठमाडौं फर्कियो मुकुन र मेनुकाको ‘गणपति’ « Khabarhub

काठमाडौं फर्कियो मुकुन र मेनुकाको ‘गणपति’


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’ को छायांकन सकिएको छ । बन्दिपुरबाट छायांकन सुरु भएको फिल्मले हालैमात्र छायांकन पुरा गरेको हो ।

सविन अधिकारी निर्देशित फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा भएको हो ।

फिल्ममा मुकुन र मेनुकाको अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको अभिनय रहेको छ ।

सविनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता छन् ।

मानिस र भगवानबीचको फरक देखाइने फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी, अनिस अधिकारीले शब्द तथा संगीत छ ।

सन् २०२१ भित्रै रिलिज गर्ने योजना रहेको फिल्मको वितरण गोविन्द शाहीले गर्नेछन् । फिल्मको ओभरसिज राइट स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : २० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश