काठमाडौं फर्कियो मुकुन र मेनुकाको ‘गणपति’ « Khabarhub

काठमाडौं फर्कियो मुकुन र मेनुकाको ‘गणपति’


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’ को छायांकन सकिएको छ । बन्दिपुरबाट छायांकन सुरु भएको फिल्मले हालैमात्र छायांकन पुरा गरेको हो ।

सविन अधिकारी निर्देशित फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा भएको हो ।

फिल्ममा मुकुन र मेनुकाको अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको अभिनय रहेको छ ।

सविनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता छन् ।

मानिस र भगवानबीचको फरक देखाइने फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी, अनिस अधिकारीले शब्द तथा संगीत छ ।

सन् २०२१ भित्रै रिलिज गर्ने योजना रहेको फिल्मको वितरण गोविन्द शाहीले गर्नेछन् । फिल्मको ओभरसिज राइट स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : २० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका